हेर्दा हेर्दै

हेर्दा हेर्दै जिन्दगीको बाटोभरी छरिएछु

रुँदा रुँदै आंशुभित्र आँशु भै छल्किएछु

फुलबारी भित्र-भित्रै पलास झैँ ओइलिएछु

हेर्दा हेर्दै जिन्दगीको बाटोभरी छरिएछु

आजन्मको सम्बन्धमा एक्लो यात्री बनेको छु

सोचाईको समुद्रमा नूनसरी पग्लिएछु

फुलबारी भित्र-भित्रै पलास झैँ ओइलिएछु

हेर्दा हेर्दै जिन्दगीको बाटोभरी छरिएछु

कुर्दा कुर्दै मायालुको पर्खाल भै ठडिएछु

मेरो मात्रै आकांछाको नाउमा म एक्लिएछु

फुलबारी भित्र-भित्रै पलास झैँ ओइलिएछु

हेर्दा हेर्दै जिन्दगीको बाटोभरी छरिएछु