बुझि बुझि बुझ पचाउनेलाई खै के भन्ने
बारम्बार समाजमा हिरो बनाईदिदा पनि
आफूलाई भिलेन नै सोच्नेलाई के भन्ने
गल्ती गरेको देखाईदिदाँ सहिनसक्नेले
अर्काले पनि गल्ती नै गरोस् भन्छ हजुर
ताजा छोडेर बासी खोज्नेलाई के भन्ने
खोक्रो आदर्श आडम्बार प्यारो लाग्नेलाई
आफू राम्रो त सारा जगतै राम्रो हजुर
आफ्नाले साथ छाड्दा हाँस्नेलाई के भन्ने
लानु केहि छैन जाने रित्तोनै हो हजुर
चारैतिर चाप्लुसीबाजको बिचमा बसेर
सुनको कात्रोमा मृत्यू कुर्नेलाई के भन्ने
– माघ १, २०७७, सहयोगीनगर, काठमाण्डौं